सुडानमा सिलिन्डर विष्फोट, २३ जनाको मृत्यु

काठमाडाैँ । अफ्रिकी मुलुक सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ।  राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन्।  यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन्।

तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन्।  भारतीय विदेशमन्त्री एस।जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन्।

कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए। घटनाको भएको बेला ५३ जना भारतीय कामदार कारखाना तथा आवास क्षेत्रमा  रहेको बताइएको छ। विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस