साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा)द्वारा मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । बैंकलाई साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड एण्ड सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८बाट पुरस्कृत गरिएको हो ।

प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।
साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस