प्रियंका र निक किने नयाँ घर

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले हलिउडमा पनि राम्रो पहिचान बनाइसकेका छन् । दुवैले आगामि महिना विवाहको पहिलो एनिभर्सरी मनाउँदै छन् ।

बलिउडमा एक से एक हिट फिल्म दिएकी प्रियंकाले अहिले पनि बलिउडमा नै फर्किएकी छिन् । उनी फिल्म ह्वाइट टाइगरको सुटिङको व्यस्त छिन् । यसबीच यी दुईले लस एन्जलसमा किनेको एउटा घरको निकै चर्चा भएको छ ।

उनीहरुले लस एन्जलस नजिकै दाइ जो जोनसको जग्गा रहेको ठाउँमा अर्को घर किनेका हुन् । उनीहरु जम्मा ३ माइल टाढा रहेको चर्चा छ । मिडियाहरुका अनुसार यो जग्गाको मूल्य २ करोड ३० लाखभन्दा धेरै परेको हो । प्रियंकाको यो नयाँ घरमा ११ बेडरुम रहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस