हङकङमा कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको प्रहरीको चेतावनी

काठमाडौं । हङकङका सुरक्षाकर्मीले मुलुकको कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको चेतावनी दिएका छन् । पाँच महिनादेखि जारी सरकार विरोधी प्रदर्शनका कारण कानुनी शासन सरकारको नियन्त्रणभन्दा बाहिर जाने अवस्थामा पुगेको चेतावनी दिएका हुन् ।

चीनसमक्ष सुपुर्दगी गर्न अनुमति दिने एउटा विधेयकको विरोधमा गत जुन महिनामा सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि हङकङमा पछिला महिनामाहरुमा तनाव बढेको हो । उक्त विधेयक सरकारले फिर्ता लिइसकेपनि विरोधहरु वृहत प्रदर्शनमा परिणत भएका हुन् । जसमा आन्दोलनकारीहरुले हङकङ प्रहरीलाई जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने माग गर्दै आएका छन् ।

पछिल्ला दिनहरुमा भइरहेका प्रदर्शनले हिंसात्मक रुप लिँदा दर्जनौ घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीले निर्दोष नागरिकमाथि भएको हिंसाका प्रसस्त उदाहारण आफूहरुसँग भएको दावी गरेको छ । प्रहरीले नकावधारी विद्रोहीले जथाभावी रुपमा हिंसा बढाइरहेको आरोप लगाएको छ । सरकारले केही महिना अघि नै सार्वजनिक स्थलमा नकाव लगाएर हिँड्न प्रतिवन्ध लगाएको थियो ।

तर उक्त सरकारी निर्णयको उल्लंघन गर्दै प्रदर्शनकारीले नकाव लगाएर प्रदर्शन जारी राखेपछि बल प्रयोग गर्नुपरेको सुरक्षाकर्मीहरुले जनाएका छन् । गएराति पनि प्रदर्शन बढ्दै गएपछि सुरक्षाको कारण देखाउँदै विश्विद्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गराइएको थियो । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस