मंसिरमा लगनगाँठो कस्दै अभिनेत्री ऋचा शर्मा

काठमाडाैं – विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा सुरु भइहाल्छ । कसैको चर्चा चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाँधिन्छ ।

अभिनेत्री ऋचा शर्माले विवाह गर्ने हल्ला चलेको पनि लामै समय भइसक्यो । तर, अब भने यो हल्लामा मात्रै सीमित नरहने भएको खबर बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ ।

उनलाई निकटका साथीहरुले विवाहको मुखैमा दिइने ब्याचलर पार्टी पनि दिइसकेका छन् । ऋचाले आफ्नो हुनेवाला श्रीमान भने सार्वजनिक गरेकी छैनन् । तर उनी लामो समयदेखि दीपेक्ष्य राणाको प्रेममा थिइन् ।

भित्रिया स्रोतको कुरा पत्याउने हो भने उनले राणासँग मंसिरमा विवाह गर्ने पक्कापक्की भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स …

प्रतिकृया दिनुहॊस