कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न पदाधिकारी बैठक बस्न लागेको बताइएको छ। शीर्ष तहका नेताहरु बिच सहमति गरी बिहीबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने बताइएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकले आएका नामबारे छलफल हुने बताए । मंसिर १४ मा देशभरका ५२ स्थानमा उपनिर्वाचन हुन लागेको छ। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगर प्रमुख १, गाउँपालिका प्रमुख ४ सहित ४३ वडाध्यक्षका लागि निर्वाचन हुन लागेको हो।

पदाधिकारी बैठकमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका विषय समेत छलफल हुने बताइएको छ। पार्टीले तत्कालिन कार्यसमिति भंग गरेपछि विगत ८ महिनादेखि नेविसंघ कार्यसमितिविहीन बनेको छ। पदाधिकारी बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस