प्रहरीले आजदेखि यी रुटमा निःशुल्क बस चलाउँदै

काठमाडौं । नेपाल प्रहरीले आजदेखि विजया दशमीको दिनसम्म निशुल्का बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंमा सवारी साधानको संख्या कम हुने भएकाले यात्रुलाई सहजता प्रदान गर्न प्रहरीले निशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्दैछ । बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म प्रहरीले बस सेवा सञ्चालन गर्नेछ ।

रुट नं १ अन्तर्गत नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् ।

यस्तै रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन् ।

प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका यातायात सेवा प्रदान गर्दै आएको छ । यसअघिका दशैंमा पनि प्रहरीले सवारी साधन सञ्चालन गर्ने गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस