सबैभन्दा धेरै वस्तु भित्रने महिनामै आयात घट्यो, निर्यात २५ प्रतिशतले बढ्यो

काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि विदेशी वस्तु तथा सेवाकाे आयात घटेको छ र निर्यात बढेको छ ।

भन्सार विभागले निकालेको तथ्यांक अनुसार गएको आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा यो वर्षको २ महिनामा वस्तु तथा सेवा आयात १ दशमलव २२ प्रतिशतले घटेको हाे । सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने भदौ महिनामै आयात घट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भदौसम्म नेपालले २ खर्ब २९ अर्ब  ५० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर गएको वर्षको सुरुका २ महिना अर्थात् भदौसम्म नेपालमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

यस्तै नेपालले निर्यातमा पनि सुधार गरेको छ । पोहोरको तुलनामा यो आर्थिक वर्षको सुरुका २ महिनामा निर्यातको दर २५ प्रतिशतले बढेको छ । गत वर्ष नेपालले सुरुका २ महिनामा १४ अर्ब ६९ करोड रुपैयाँको  वस्तु निर्यात गरेकोमा यो बर्षको २ महिनामा १८ अर्ब ५० करोड रुपैयाँका वस्तु निर्यात गर्न सफल भएको छ ।पाेहोरको तुलनामा यो २५ दशमलव ८७ प्रतिशतले धेरै हो ।

२ महिनामा समग्रमा नेपालको व्यापार घाटा ३ दशमलव शून्य ५ प्रतिशतले घटेर २ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । पोहोरको सुरुका २ महिनामा व्यापार घाटा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।

यो वर्ष सरकारले खसीबोका आयातमा रोक लगाउनु, तरकारीजन्य वस्तुको विषादी परीक्षण गर्नु, उद्योगलाई चाहिने कच्चापदार्थ कम आयात हुनु र सरकारले निर्यातजन्य वस्तुलाई थप प्रोत्साहन दिनुले व्यापार घाटा कम भएको र आयात घटेको अर्थविद्हरुले अनुमान गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस