कोरियन वनको भाउ केही घट्यो, अरु मुद्रा स्थिर

काठमाण्डौ । सोमबार कोरियन वनको भाउ केही घटेको छ । अरु विदेशी मुद्राको भाउ भने स्थिर छ । सोमबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा रहेकोको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा रहेको छ । हिजो आइतबार पनि खरिददर ३० रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १८ पैसा थियो । सोमबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।

आज ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ २४ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ।

रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो पनि खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर ३७० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय २७ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय २७ पैसा रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस