मेगाले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह तथा गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यो प्राप्ती गरिसकेपछि मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो क वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले जानकारी गराए । गण्डकी विकास बैंकको शेयर रोक्काको प्रक्रिया तथा नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य छिटाे अगाडि बढाइने जानकारी दिए ।

याे सहमतिमा दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

असार मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब रुपैयाँ तथा कर्जा लगानीको आकार ९८ अर्ब रुपैयाँ रहेको र हालको बैंकको शाखा १९१ पुगेको बैंकले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस