माछापुच्छ्रे बैंकको साधारणसभा असोज २४ गते पोखरामा

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २४ गते पोखराको होटल पोखरा ग्राण्डमा बिहान ११ कवे बस्नेगरी साधारणसभा बोलाएको छ । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको माछापुच्छ्रेले सो वर्षको वार्षिक प्रतिवेदन र घोषित लाभांश पारित गर्ने एजेन्डासिहित उक्त साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाले चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने, बोनस शेयरअनुसार चुक्ता पुँजी बढाउने लगायतका प्रस्ताव समेत पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि असोज १० गतेदेखि २४ गतेसम्म बैंकले आफ्नो शेयर दाखिल खारेजको काम बन्द गर्ने भएकोले ९ गतेसम्म शेयर कायम रहेका शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । बैंकको साधारणसभामा सञ्चालक निर्वाचन गर्ने एजेन्डा भने छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस