एनसेलको कुल आयमा असर, ६ महिनामा आम्दानी ५.७ प्रतिशतले घट्यो

काठमाडौं । ६ महिनामा एनसेलको आय करिब ६ प्रतिशतले घटेको छ । २०१९ को पहिलो ६ महिनामा एनसेलको प्रमुख कम्पनी आजियाटाका अनुसार, गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो ।

आजियाटाले आफु अन्र्तगतका कम्पनीहरुको पहिलो ६ महिनाको आर्थिक विवरण गत साता सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन अनुसार, २०१८ को ६ महिना को अवधिको तुलनामा २०१९ को ६ महिनामा एनसेलको आम्दानी ५.७ प्रतिशतले घटेको छ भने मोवाइल सेवा अर्थात कोर मोवाइल रेभिन्युमा ३.२ प्रतिशतको गिरावट भएको छ ।

त्यसैगरी सो अवधिमा एनसेलको अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा पनि १३.७ प्रतिशतले गिरावट आएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस