सुन चोरी गरी फरार युवक पक्राउ

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन्। मंगलबार दिउँसो लिखुपिके गाउँपालिका–३ का करिब २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन्। स्थानीय सावित्री राजभण्डारीको घरबाट सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

बस्नेतले सावित्रीको घरबाट एक तोला सुनको सिक्री, एक तोलाको औँठी, आधा तोलाको अर्को औंठी र केही रकम चारेका प्रहरीको भनाइ छ। उनलाई तामाखानी प्रहरी चौकीका प्रहरी हवल्दार विनोद केसीको कमान्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा तामाखानीकै जस्ते होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। उनको साथबाट लागु औषध गाजा समेत बरामद भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस