एनसीसी बैंकले आफ्ना शेयर धनीहरुलाई १५.८९ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको भदौ २३ गते आर्थिक बर्ष २०७३/७४ र २०७४/७५ को क्रमशः २०औं र २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।

साथै सभाबाट पारित १५.८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी ८ अर्व १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्नेछ । बैंकको केन्द्रीय कार्यालय सिद्धार्थनगरबाट काठमाडौंमा स्थानान्तरण गरे पश्चात पहिलो पटक वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटीएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७३ अर्ब ३५ करोड निक्षेप परिचालन तथा ६४ अर्ब ८१ करोड कर्जा प्रवाह गरी खुद नाफा१ अर्ब ५१ करोड आर्जन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस