महालक्ष्मी इन्स्योरेन्सको ३३ औँ शाखा म्याग्दीमा

म्याग्दी । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा नयाँ योजना ल्याउने तयारी गरेको छ। ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो।

महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले सुरक्षा जीवन योजना, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा र महालक्ष्मी सावधिक आजीवन बीमा योजना आउने तयारीमा रहेको बताइन्। उनले महालक्ष्मी लाइफ ईन्स्योरेन्समा अन्य बीमा कम्पनीहरुको तुलनामा आकर्षक तथा धेरै सेवासुविधाहरु रहेको भन्दै लगानी फिर्ता तथा दोब्बर भुक्तानी योजना समेत रहेको बताएकी छिन्।

बीमाका अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर बन्न सुझाव दिँदै क्षेत्रीय प्रमुख आचार्यले टिम विस्तारका साथै ईन्स्योरेन्सका आकर्षक योजनाहरुबारे गाउँगाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्। २०७२ साल माघ २७ बाट कारोबार सुरु गरेको महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने देशैभर ५० भन्दाबढी शाखाहरु सञ्चालनमा आइसकेका छन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस