सरकारी निकायबाट मात्रै चिनी आयात गर्ने गृहकार्य सुरु

काठमाडौँ । सरकारी निकायबाट मात्रै चिनी आयात गर्ने गृहकार्य सुरु भएको छ । चिनी उद्योगीहरूले मौज्दात पर्याप्त रहेको जनाउँदै सरकारी निकाय वा सरकारबाट मात्रै आयात गर्न दबाब दिएपछि सरकारले सोहीअनुसार गृहकार्य सुरु गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार चाडबाडका लागि करिब ३० हजार टन चिनी अपुग देखिन्छ । उक्त परिमाण सरकारीको स्वामित्व रहेको साल्ट ट्रेडिङ र खाद्य संस्थानबाट मात्रै आयात गर्न दिने गृहकार्य भैरहेको छ ।

चिनी उद्योग संघको निवेदनमा सरकार आफैं वा सरकारको अर्ध स्वामित्वमा रहेका निकायमार्फत बढीमा १० हजारदेखि १५ हजार टन चिनी आयात गर्न पत्रचार गरिएको थियो । उक्त परिमाण सरकारीको स्वामित्व रहेको साल्ट ट्रेडिङ र खाद्य संस्थानबाट मात्रै आयात गर्न दिने गृहकार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता भइसकेको छ । दसैंतिहारलाई लक्षित गरेर ४० प्रतिशतबाट छुट गरेर आयात गर्न सकिनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस