सुपर कपको उपाधि लिभरपुललाई

एजेन्सी । लिभपुलले सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई हराउँदै लिभरपुलले उपाधि उचालेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निणर्य टाईब्रेकरमा गरिएको थियो । जसमा लिभरपुल ५–४ ले विजयी बन्यो । लिभरपुलको जितमा साडियो माने नायक रहे । उनैले लिभरपुलका लागि दुई गोल गरे ।

निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चेल्सीले बनाएको थियो । ३६ औ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै लण्डन क्लबलाई अग्रता दिलाएका थिए । ४८ औ मिनेटमा साडियो मानेले खेल बराबरीमा ल्याएका थिए । ९५ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई अगाडी बनाएका थिए । तर मिडफिल्डर जोर्गिन्होले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो । मुख्य गोलकिपर एलिसन घाईते भएपछि एड्रियनलाई गोलकिपरको जिम्मेवारी दिईएको थियो । उनै ईस्तानबुलमा भएको खेलको अर्का नायक बने ।

च्याम्पियन्स लिगको उपाधि जितेको दुई महिनापछि लिभरपुलले सुपर कपको उपाधि जित्न सफल भएको छ । युरोपा लिग र च्याम्पियन्स लिगको विजेताको हैसियतामा दुवै टिम सुपर कपमा भिडेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस