इङ्गलिस प्रिमियर लिग : चेल्सीको पोष्टमा म्यान्चेस्टर युनाईटेडको चार गोल

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई पराजित गरेको छ ।

गएराती म्यान्चेस्टरको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा चेल्सी ४–० को फराकिलो हार भोग्न बाध्य भयो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गर्दा एन्टोनियो मार्टियल र जेम्सले एक एक गोल गरे ।

हारसँगै चेल्सीका नयाँ प्रशिक्षक फ्राङ्क लाम्पार्डको प्रिमियर लिग सुरुवात बिर्सनलायक बनेको छ ।

गएराती भएको अर्को खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई १–० ले हराएको छ ।

न्युकासलको मैदानमा भएको खेलमा पाहुना टोली आर्सनलका लागि पिएरे एमरिक औबामायङ्गले निर्णायक गोल गरे ।

गएराती नैं भएको अर्को खेलमा लेष्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सले गोलरहित बराबरीमा रोकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस