सिरहा र पर्सामा रासायनिक मलको अभाव

काठमाडौँ । खेतीपातीको समयमा मल नपाएपछि सिरहा र पर्साका किसान निराश बनेका छन् । मल पाइन्छ कि भनेर साल्टट्रेडिड कर्पोरेशन पुगेका किसानहरु खाली हात फर्कनु परेको छ । मलको आभावमा बिभिन्न गाउँ र नगरपालिकाबाट लाहन आइपुगेका सिरहाका किसानहरू मल नपाएपछि आक्रोसित भएका छन् ।

कर्पोरेशनले चार दिनअघि मल वितरण गरेको थियो । साल्टट्रेडिङ कर्पोरेशन भने माग अनुसारको मल आयात नहुदा मल बिक्री गर्नै नसक्ने अबस्थामा पुगेको प्रमुख जीतेन्द्र साहले बताए । यो मौसममा मात्रै सिरहाका किसानलाई ६० हजार बोरा मलको माग छ । तर कर्पोरेशनमा मागको ३० प्रतिशत मल मात्र आउने गरेको छ । पर्साको गाउँघरमा पनि अहिले धानबालीमा छर्नुपर्ने डिएपी मलको अभाव भएपछि किसानहरू चिन्तामा छन् ।

मलको अभाव भएपछि धेरै किसानहरूले सिमावर्ती भारतीय बजारबाट डीएपी मल ल्याउन थालेका छन् । सीमावती क्षेत्रबाट मल लिएर आउँदा दुबै मुलुकका सुरक्षकर्मीबाट पिटाइ खानु परेको दुखेसो महुवनका अर्का किसान हरिओम पटेलले सुनाए । प्रदेश नम्बर २ का कृषि, भूमि व्यवस्था तथा शहकारी मन्त्री शैलेन्द्र शासले सङ्घीय सरकारका कारण मलको अभाव भएको आरोप लगाए । नेपाली बजारमा डिएपी मलको अभाव भएका बेला गाँउघरका व्यपारीहरुले २१ सय ५० रुपैयामा पाइने डिएपी मल २५ सय रुपैयासम्ममा बिक्री गरिरहेको किसानहरूको गुनासो छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस