अमेरिकी राष्ट्रपति ट्रम्पले गरे ह्वाइट सुप्रिमेसी वर्चस्वको आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा अमेरिकामा बढ्दै गएको देखिएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ अर्थात् गोरा जातिको वर्चस्वको आलोचना गरेका छन् । टेक्सास र ओहायोमा भएका दुई वटा सामूहिक गोली काण्डमा ३१ जनाको मृत्यु भएपछिको अवस्थाबारे सार्वजनिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस्ता घटनाको निन्दा गरेका हुन् ।

दुवै घटनामा गोली प्रहार गर्ने व्यक्ति गोरा जातिका हुन् । ट्रम्पले अमेरिकामा रंगभेद, कट्टरता र ह्वाइट सुप्रिमेसीका लागि स्थान नरहेको बताए पनि उनीमाथि नै रंगभेदको आरोप लाग्दै आएको छ ।

उनले सिनेटका सदस्य ल्याटिन तथा अफ्रिकी मुलक नेतालाई लक्षित गरी केही समयअघि मात्रै रंगभेदी टिप्पणी गरेका थिए । त्यसको तीव्र आलोचना हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य र बन्दुक नियन्त्रणसम्बन्धी हाल कायम रहेको व्यवस्थालाई एकीकृत रुपमा परिमार्जन गर्नुपर्नेसमेत बताए ।- एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस