मलेसियामा अवैध रुपमा बस्दै आएका नेपाली कामदारलाई स्वदेश फर्कने अवसर

काठमाडौं । अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई मलेसिया सरकारले आममाफी दिने कार्यक्रम ल्याएको छ।

अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ। सो कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म कायम रहनेछ।

उक्त आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्छन्। यस कार्यक्रमबाट ठूलो संख्यामा अवैधानिक नेपाली कामदारहरु लाभान्वित हुने विश्वास गरिएको छ।

मलेसियास्थित नेपाली दूतावासले ५ महिनाको आममाफी अवधिभित्र मलेसियामा अवैधानिक रुपमा रहेका धेरै नेपाली कामदारहरु लाभान्वित हुने विश्वास व्यक्त गरेको छ। अवैध कामदारहरु फर्किंदा मलेसिया सरकारको नियमअनुसार आवश्यक जरिवानावापतको शूल्क बुझाउनुपर्ने हुन्छ।

अवैधानिक कामदारले प्रतिव्यक्ति ७ सय रिंगिट, राहदानी नहुने कामदारका लागि एकतर्फी यात्रा अनुमति पत्र ( ट्राभल डकुमेन्ट) बनाउँदा लाग्ने सरकारी राजश्ववापत १ सय ६० रिंगिट र मलेसियाबाट नेपाल फर्किंदा लाग्ने हवाई टिकटवापतको रकम बुझाउनु पर्दछ।

अभिलेखबिहीन तथा गैह्रकानुनी रुपमा धेरैको संख्यामा नेपाली कामदार मलेसियामा रहेका दूतावासले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस