चरक मेमोरियल हस्पिटल र कर्मचारी सञ्चय कोष बिच सम्झौता

काठमाडाैँ । पोखराको चरक मेमोरियल हस्पिटल प्रा. लि. र कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषका सम्पूर्ण कर्मचारी तथा सञ्चयकर्ताले चरक मेमोरियल हस्पिटल पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार चरक मेमोरियल हस्पिटल पोखरामा उपचार गराउँदा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारीहरुले सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सम्झौताले कर्मचारी सञ्चयकोषका ६ लाख सञ्चयकर्ता तथा कर्मचारीहरु लाभान्वीत हुने बताइएको छ ।

सम्झौतापत्रमा कोषको पोखरा शाखाका प्रमुख दिलीपराज पौडेल र हस्पिटलका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस