लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लाभांश प्रस्ताव सहित साधारण सभा गर्ने

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ७० प्रतिशत लाभांशको प्रस्ताव सहित साउन २४ मा वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभामा कम्पनीले चुक्ता पुँजीको ३५.५३ प्रतिशतका दरले ५३ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश र ३४.४६ प्रतिशतका दरले ५१ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस शेयर गरी कुल ७० प्रतिशतको दरले एक अर्ब ४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको हो।

कम्पनीले साउन ८ गतेसम्म शेयर दाखिला भएका कम्पनीका शेयर लगानीकर्तालाईमात्रै लाभांश वितरण गर्ने छ । त्यसैले कम्पनीले साउन ९ गतेदेखि साधारण सभाको दिनसम्म शेयरधनीदर्ता किताब बन्द गर्ने घोषणा गरेको छ।

कम्पनीले आफ्नो जारी, अधिकृत तथा चुक्ता पुँजी शिर्षकहरुमा रहेको एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार रुपैयाँलाई वृद्धि गरी २ अर्ब एक करोड रुपैयाँ पुर्याउने बताएको छ।

आगामी साधारण सभामा सोही अनुसारको प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने विशेष प्रस्ताव पनि गरेको छ । साधारण सभाबाट कम्पनीले कर्पोरेट कार्यलयको ठेगाना पनि फेर्दै छ। कार्यलयको ठेगाना काठमाडौं माहानगरपालिका वडा नं. २८ स्टार मल पुतलीसडकमा रहने गरी संशोधन गर्ने भएको छ।

यस्तै कम्पनीमा १ जना स्वतन्त्र सञ्चालक र कम्तीमा एक जना महिला सञ्चालक सहित ६ जना सञ्चालकहरु रहने प्रस्ताव समेत साधारण सभाबाट पारित गर्ने भएको छ ।

साधारण सभाको लागि कम्पनीले शेयरधनीहरुलाई नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डपमा बिहान साढे ९ बजे बोलाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस