घुँडा दुख्ने समस्याको अचूक औषधि कागती

काठमाडौं । आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ ।

पट्टी बनाउने तरिका 
पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् ।

अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ ।

दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।

एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस