सहयोगी बैंक छाड्दै सीईओ विनय रिजाल

काठमाडौँ । सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंक छाड्ने भएका छन ।

४ बर्षका लागि सीईओमा नियुक्त भएका रिजालले १८ महिनामै बैंक छाड्न लागेका हुन् ।

रिजालले २०७६ जेठ २६ गतेदेखि सहयोगी छाड्न लागेको जानकारी गराएका छन् । उनले पदबाट दिएको राजिनामा बैंक सञ्चालक समितिको २७३औ बैठकले स्वीकृत गरिसकेको छ ।

सीईओमा नियुक्त भएपछि बैंकको प्रतिष्ठा र गरिमालाई उचाईमा पु¥याउन आफूले उल्लेख्य योगदान पु¥याएको रिजालले जानकारी दिए ।

आफू बैंकमा आउँदा जुन उत्साह, योजना र रणनीति बोकेर आएको थिए त्यो बैंककै आन्तरिक कारणले लागू गर्न नसकेको दुखेसो पनि उनले पोखे ।
‘बैंकिङ क्षेत्रको आफ्नो २२ बर्षे अनुभवलाई व्यवहारिकरूपमा लागू गर्दै सहयोगी बैंकलाई राष्ट्रियस्तरको प्रतिष्ठित बैंक बनाउन चाहान्थे ।’ उनले भने– ‘तर आफू नीति, विधि र प्रविधिले चल्ने भएकाले बैंकमा त्यो वातावरण बन्न सकेन् ।’ नीति बाहिर रहेर दबाबमा काम गर्ने आफ्नो स्वभाव नभएको भन्दै उनले आफू बैंकमा रहुञ्जेल बैंक र लगानीकर्ताको हितमै केन्द्रित रहेर काम गरेको बताए ।

विभिन्न चुनौतिको बाबजुद पनि बैंकमा आफू आएपछि २०७४ को तेस्रो त्रैमासिकमा बैंकको वासलातलाई पनि वलियो बनाउनु पर्ने दायित्व पनि आफू माथि नै आएको उनले बताए । ती चुनौतीहरुलाई क्रमशः निराकरण गर्दै, बैंकको २०७४÷७५ को वासलातमा खुद नाफा १० करोड ८८ लाख कमाउन सफल बनाएको र १७ प्रतिशत लाभांश वाड्न पनि सफल भएको अनुभव उनले सुनाए ।

यसको अतिरिक्त सो समयमा बैंकका विभिन्न परिसुचांक जस्तै स्प्रेड रेट ६.५ प्रतिशत कष्ट अफ फण्डमा ७.१७ प्रतिशत, बेस रेट १२ प्रतिशत र ननपरफरमिङ्ग लोन ०.३१ प्रतिशतमा कायम गर्न सफल भए। अर्निङ्ग पर सेयरमा विकास बैंकहरूमा सबैभन्दा बढी रहेको यो बैंक अहिले २० प्रतिशत लाभांश दिन सक्षम भएको छ ।

बैंकमा हाल ४ अर्व  ४५ करोड ३५ लाख रुपैयाँ निक्षेप रहेको छ भने ४ अर्व १ करोड ८५ लाख कर्जा प्रदान गर्न सफल भएको छ ।

आफ्नै कार्यकालमा बैंकका ८ शाखालाई १४ मा पु¥याएको, शाखा र सेवा विस्तारसँगै ग्राहकको संख्या ८५ हजार पु¥याउन सफल भएको, प्रिभिलेज बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोवाइल बैंकिङ्ग तथा एटिएम VISA सहितको आधुनिक बैंकिङ सुविधाको सुरूवात गरेको, बैंकको निक्षेप बढाएको, खराब कर्जा ह्वात्तै घटाएको, बैंकको भवन निर्माण कार्य सुरू भएको सीईओ रिजालले जानकारी दिए ।

समग्रमा आफ्नो कार्यकालमा बैंकले सबै पक्षको विकास, विस्तार र विश्वास बढाउन सफल भएको उनले बताए ।

बैंकबाट बाहिरिदै गर्दा सीईओ रिजालले आफ्नो कार्यकालमा पु¥याएको सहयोगप्रति नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक सञ्चालक समिति, सेयरधनी, ग्राहक तथा शुभचिन्तकहरूप्रति विशेष धन्यवाद दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस