सुडानमा सेनाद्वारा प्रदर्शनकारी महिला बलात्कृत

खार्तुम । सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर प्रदर्शनमा सहभागी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको छ ।

राजधानी खार्तुमस्थित सैन्य मुख्यालय बाहिर लोकतन्त्रको माग गर्दै प्रदर्शनमा सहभागीहरु माथि सेनाले गोली चलाएपछि भाग्ने क्रममा एक घरमा छिरेकी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको हो ।

सेनाले प्रदर्शनमा उत्रिएकाहरुलाई धरपकड गर्दै महिलामाथि हिंसा गरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् । यद्यपी सेनाले भने यो आरोप अस्वीकार गरेको छ । उनीहरुले प्रदर्शनकारीबिरुद्ध कारबाहीको आदेश पाएको र सोही अनुसार कारबाही गरिए पनि यौन हिंसामा संलग्न नरहेको जनाएका छन् ।

सुडानी सेनाका प्रवक्ता शम्स अल–दिन कबासीले विपक्षीहरुले निराधार आरोप लगाएर सेनाको बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

यता एम्बुलेन्सका एक चालकले पनि प्रदर्शनकै क्रममा घाइते भएका महिलालाई अस्पताल लग्ने क्रममा सेनाले एम्बुलेन्समै बलात्कार गरेका बताएका छन् ।

यसैबीच, सुडानको एक ट्रमा सेन्टरमा बलात्कारमा परेका १२ जना महिलाको उपचार भइरहेको बताइएको छ । सुडानमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनका क्रममा एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कयौं मानिसलाई नदीमा फ्याँकिएको बताइएको छ । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस