भारतमा चक्रवात आँधीको त्रासदीः तीन लाख मानिसलाई सारियो

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा चक्रवात ‘वायु’ को त्रासदी देखिएको छ । अहिले गुजरातको पोरबन्दर र जामनगर जस्ता शहरका कतिपय इलाकामा वर्षा र तीब्र गतिको हावा देखिएको बीबीसीले जनाएको  छ । भारतीय मौसम विभागले कतिपय स्थानमा पहिरो समेत जान सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

बीबीसीका अनुसार सो वायुको सम्भावित असरलाई लिएर आवश्यक सतर्कता अपनाइएको भारतीय अधिकारीहरुले बताएका छन् । सो चक्रवात १६० किमी प्रतिघण्टाको दरले आउने, तटीय इलाकामा ३ लाख मानिसलाई सुरक्षित स्थानमा लगिएको, पर्यटकलाई पनि सुरक्षित स्थानमा लगिएको, ५० भन्दा बढी रेलको यातायात रद्ध गरिएको, ५ वटा विमानस्थललाई २४ घण्टाका लागि बन्द गरिएको, गुजरातका १० वटा जिल्लामा आज र भोलि विद्यालय तथा कलेज बन्द गरिएको अधिकारीहरुले बताएका छन् ।

भारतका गृहमन्त्री अमित शाहले ट्विट गर्दै चक्रवातबाट जोगाउन गुजरातबाट ३ लाख र दीवबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएका छन् । यो चक्रवात अरब सागरबाट उठेर आउने भारतको मौसम विभागले जनाएको छ । यो चक्रवातलाई उसले गम्भीर श्रेणीको भएको जनाएको छ । यो चक्रवात १६० प्रति घण्टाका गतिले आउने जनाइएको छ । गएको महिना उडिसामा आएको तुफान फानी २२० प्रति घण्टाको गतिमा आएको थियो ।  आजको वायुको असर भारतको अर्को मुख्य शहर मुम्बईमा पनि हुने अनुमान भारतको मौसम विभागले गरेको छ ।
भारतमा आउने सो चक्रवातले जलवाष्प नेपाल सम्मपनि आउन सक्ने भएकोले नेपालमा दिउँसो वर्षा हुन सक्ने नेपालका मौसमविद्हरुले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस