जलविद्युत आयोजनामा आगलागी हुँदा पाँच करोड बढीको क्षति

इलाम । इलामको पुवाखोलास्थित अपर पुवा–१ साना जलविद्युत आयोजनामा हिजो साँझ भएको आगलागीमा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । जोशी हाइड्रोपावर कम्पनीले निर्माण गरेको तीन मेगावाट क्षमताको आयोजनाको पावरहाउसमा जडान भएका दुई टर्वाइनमध्ये एकमा अचानक आगलागी भएको हो ।

डेढ मेगावाट क्षमताको एक टर्वाइन बिग्रिएर केही दिन अगाडिदेखि नचलाइएको भए पनि हिजो अकस्मात उल्टो घुमेर आगलागी भएको बताइएको छ । आगलागी भए लगत्तै कर्मचारी र स्थानीयले पावरहाउसमा पानी वन्द गरेर आगो नियन्त्रणमा लिएका थिए ।

यसैबीच पर्वतबाट सञ्चालित ‘रेडियो पर्वत’ को कार्यालयमा पनि गएराति आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा भवनमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजनलगायतका सामग्रीहरु पूर्ण रुपमा नष्ट भएको रेडियोका स्टेसन म्यानेजर शंकर शर्माले जानकारी दिए ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस