राैतहटमा बसलाई ट्रकले ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु, २१ घाइते

काठमाडौं । रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।  लुम्बिनीबाट भारतीय तीर्थयात्री बोकेको गएको बस रौतहटको पौराही बागमतीमा यात्रुलाई शौचालय जानका लागि रोकिराखेको समयमा ट्रकले ठक्कर दिएको थियो ।

ना ६ ख ९०३० नम्बरको बसलाई सोमबार मध्यरातमा सोही दिशाबाट आउँदै गरेको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा अन्य २१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्सपेक्टर विजय श्रेष्ठले जनाकारी दिए।

मृत्यु हुनेमा भारतको ओडिसाका ५४ वर्षीय चरण विश्वाल र ५२ वर्षीय विजयकुमार जेनाको रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते २१ मध्ये १२ जना सामान्य उपचारपछि फर्किएको प्रहरीले जनाएको छ।

घटनामा गम्भीर घाइते भएको तीन जनाको वीरगञ्जको न्यूरो अस्पतालमा र अन्य ६ जनाको रौतहटको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस