जीवन वरदान वचत खाता खोल्नुहोस, ढुक्क हुनुहोस्

तपाईहरुको पैसा बचतमा मुक्तिनाथ बैंकमा अन्यमा भन्दा बढी नै सुरक्षित हुन्छ । ग्राहकले कुनै झञ्झट बेहोर्नुपर्दैन । कार्ड स्वाईप गर्दा हाम्रा एटीएममा पैसा लाग्दैन । अहिले ग्राहक महानुभावहरुले खाता खोल्नुभयो भने कार्ड लिंदा पैसा तिर्नुपर्दैन ।

मुक्तिनाथ विकास बैंकको जीवन वरदान वचत खाताका बारेमा विस्तृतरुपमा वताईदिनुहोस् न ?

अहिले मुक्तिनाथको जीवन वरदान बचत योजनामा ग्राहकको उच्च आकर्षण देखिएको छ । ग्राहकको स्वास्थ्य तथा स्वास्थ्योपचारलाई ख्याल गर्दै यो योजनामा न्यूनतम १० हजार बचतमै ५ लाख रुपैयाँको क्यान्सरविरूद्धको बिमा हुने भएका कारण बचतकर्ता आकर्षित भएका हुन् । वित्तीय संस्थामा क्यान्सरविरुद्धको सुरक्षा योजना नेपालमै पहिलोपटक मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएका ग्राहक लक्षित योजनामा जीवन वरदान बचत, जीवन बचत प्लस र जीवन वरदान प्रिमियम गरी तीनवटा खाता योजना छन् । जीवन वरदान बचत खातामा न्यूनतम १० हजारमा ५ लाख बराबरको क्यान्सर बिमा योजना छ ।

वसन्त बक्सी,
मार्केटिङ एन्ड कर्पोरेट अफेयर प्रमुख
मुक्तिनाथ विकास बैंक

यो बचत खातामा सहभागी ग्राहकलाई खाता खोलेको ९० दिनपछि लाइफ थ्रेटनिङ क्यान्सर भएको थाहा भएमा ५ लाख रुपैयाँको बिमा सजिलै उपलब्ध गराउँछौँ । यसमा ९० दिन त कुर्नैपर्छ । त्यस्तै जीवन बचत प्लस भन्ने अर्को खाता योजना छ । यो खातामा १० लाख रुपैयाँबराबरको दुर्घटना मृत्यु बिमाको सुविधा छ । यसमा भने क्यान्सर उपचारको बिमा छैन । क्यान्सर र दुर्घटना मृत्यु बिमा दुवै आवश्यकता महशुस गरेमा ग्राहकले जीवन वरदान प्रिमियम खाता योजनामा सहभागी भएर न्यूनतम २० हजार वचत गर्नुपर्छ ।

यसबाहेक सरकारले १ सय रुपैयाँमा खाता खोल्न जारी गरेको परिपत्रअनुसार बैंकले २ सय रुपैयाँ हालिदिने योजना ल्याएको छ । त्यसमा १ सय रुपैयाँ बैंकले हालिदिन्छ भने १ सय रुपैयाँबराबरको मोबाइलमा रिचार्ज गरिदिन्छ । यतिमात्रै होईन, लकरमा विशेष छुट, नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएममा भिसा कार्ड निःशुल्क प्रयोग, पहिलो वर्षका लागि एटिएम कार्ड निःशुल्क तथा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सुविधा बैंकले निःशुल्करुपमा नै प्रदान गरेको छ । बैंकले बचतमा ७ प्रतिशत ब्याज दिएकोे छ

जीवन वरदान खाताको आवश्यकता किन भयो ?

ग्राहकलाई –नयाँ योजना दिनुपर्छ । सँधै पुराना योजनाले ग्राहकलाई आकर्षित गर्न सक्दैन । नयाँ ग्राहकलाई आकर्षित गर्न यो योजनाको आवश्यकता भएको हो । अन्य बैंकहरुले ल्याएका भन्दा यो नितान्त फरक प्रकारको र ग्राहकको रोजाईमा पर्ने खालको खाता योजना रहेको छ । १० हजार रुपैयाँ जम्मा गरेर १० लाखको दुर्घटना मृत्यु बिमाको आकर्षक योजना रहेको छ । त्यस्तै १० हजार रुपैयाँबाट ५ लाखको क्यान्सर उपचार बिमा पनि अति नै लाभदायक योजना हो । क्यान्सर भएको पत्ता लागिसकेपछि सुरुमा हुने खर्च १० लाख रुपैयाँसम्म हो, त्यसमा बैंकले ५ लाख सहयोग गर्दा खातावालालाई मनग्यै फाईदा भएन त ? खाता सञ्चालन भएको करिब २५ दिन भएको छ । ग्राहकले धेरै चासो लिईरहनुभएको छ भने प्रतिक्रिया असाध्यै राम्रो पाएका छौं ।

यो योजनामा अन्य सुविधा के के छन् त ?

यो योजना अन्तर्गर्त हामीले लकरमा विशेष छुट राखेका छौँ । बैंकले जारी गरेको भिसा कार्ड नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्न सकिन्छ । जसबाट त्यसमा अतिरिक्त शुल्क लाग्दैन । त्यस्तै एटिएम कार्ड पनि पहिलो वर्ष निःशुल्क गरेका छौँ भने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सुविधाहरु निःशुल्क गरेका छौँ । बैंकले अहिले बचतमा ७ प्रतिशत ब्याज दिएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हाल यो बैंकका देशभर ११३ शाखा, एक एक्सटेन्सन काउन्टर र ९३ वटा माइक्रोफाइनान्स डेस्क छन् । चार लाखभन्दा बढी ग्राहक रहेको यो बैंक विकास बैंकमध्ये नेपालकै ठूलो बैंक हो । मुक्तिनाथ विकास बैंकमा पैसा सुरक्षित हुन्छ किनभने बैंकको अवस्था अत्यन्तै राम्रो छ । तपाईहरुको पैसा बचतमा मुक्तिनाथ बैंकमा अन्यमा भन्दा बढी नै सुरक्षित हुन्छ । ग्राहकले कुनै झञ्झट बेहोर्नुपर्दैन । कार्ड स्वाईप गर्दा हाम्रा एटीएममा पैसा लाग्दैन । अहिले ग्राहक महानुभावहरुले खाता खोल्नुभयो भने कार्ड लिंदा पैसा तिर्नुपर्दैन । हामीले विभिन्न स्कीम ल्याएका छौं । अन्त्यमा जीवन वरदान वचत खाता खोलेर ढुक्क हुन सबैलाई आग्रह गर्दछु ।

प्रस्तुति
रश्मी महत 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस