आफ्नै दाजुलाई गोली प्रहार गरी हत्या

काठमाडौं । आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै दाजु फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले शेख सेरामुद्धिनलाई कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित फेला पारी पक्राउ गरेको हो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका शेष फारुकलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज हुँदै नेशनल मेडिकल कलेज वीरगंज लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पतालमा महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस