नेपाल बङ्गलादेश बैंकले मृतकको परिवारलाई दियो एक लाख ३० हजार रुपैयाँ

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले न्यूरोड शाखाका ग्राहक स्वर्गीय विदुर देउलाको परिवारलाई एक लाख ३० हजार २४८ रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकले  एक कार्यक्रमबीच बीमा दावी बराबरको सो रकम दुर्घटनामा परी निधन भएका देउला मृतक निजको हकवाला श्रीमती हरीशोभा मर्हजनलाई दिएको हो ।

साथै, यस बैंकमा खाता खोल्दा खातावालाको दुर्घटनामा परी मृत्यु भएमा खातामा रहेको रकमको दोब्बर, बढीमा पाँच लाख रुपैयाँसम्मको बीमा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ । हाल बैंकले आफ्नो ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ७२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस