काठमाडौं ।प्रभु बैंकले रुपन्देहीको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको छ ।
उक्त काउण्टरको रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका छन् ।कार्यक्रममा थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराएका छन् । आजदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गर्ने छ ।
साथै, श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी वैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सजिलो हुने बैंकको विश्वास छ ।
प्रतिकृया दिनुहॊस