लामखुट्टेले सार्छ यस्ता रोग

काठमाडाैँ । गर्मी मौसमको सुरुवातसँगै लामखुट्टे सक्रिय हुन थालेका छन् । लामखुट्टे फरक–फरक किसिमका हुन्छन् । फरक प्रजातिका लामखुट्टेले फरक रोग सारिहेका हुन्छन् । लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्ने गर्छ । सामान्यतया लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु, पित्त ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले र कालाजारजस्ता सरुवा रोग सर्ने गर्छ ।

मलेरिया
एनाफिलिज नामक लामखुट्टेको टोकाइबाट मलेरिया रोग लाग्ने गर्छ । यसको प्रमुख कारण प्यारासाइट प्लाज्मोडियमलाई पनि मानिन्छ । सामान्यतया पाँच वर्ष मुनिका बालबालिका, गर्भवती महिला र एचआइभी एड्स संक्रमित मानिस मलेरियाबाट बढी प्रभावित हुने गर्छन् । टाउको दुख्नु, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् । समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ ।

डेंगु
लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्ये डेंगु सबैभन्दा घातक हो । सुरुवाती अवस्थामा भए यो रोग झोल खानेकुरा सेवन गर्दा आफैँ निको हुन सक्छ । तर, दोस्रोपटक ज्वरो दोहोरिएको अवस्थामा त्यो निकै खतरनाक हुन्छ । एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ ।

जापानिज इन्सेफ्लाइटिस
जापानी इन्सेफ्लाइटिस भएमा त्यसले सीधै दिमागमा असर गर्छ । साथै, नसा र स्पाइनल कर्डमा समेत असर पु¥याउने भएकाले यो रोगलाई निकै घातक मानिन्छ । यसको समस्या देखिएपछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले सास फेर्न गाह्रो हुन्छ । त्यस्तै, ज्वरो आउने, टाउको दुख्ने र आँखा रातो हुने हुन्छ ।

लामखुट्टे बढ्ने कारण
विशेषगरी, तराई क्षेत्र तथा अत्यधिक गर्मी हुने ठाँउमा लामखुट्टे धेरै हुने भएकाले यी ठाउँमा रोगको संक्रमण पनि बढी हुन्छ । तर, विभिन्न कारणले पछिल्लो समयमा पहाडी क्षेत्रमा समेत लामखुट्टे फैलन थालेको छ । त्यसैले यसको जोखिम सबैतिर बढेको छ ।
खोला किनारमा बस्ने, दुषित पानी पिउने तथा सहरी क्षेत्र तथा बाक्लो बस्ती भएका ठाउँमा लामखुट्टेका चाँडै फैलिन्छन् । त्यसैले, यस्ता क्षेत्रमा सरुवा रोगको महामारीसमेत चाँडै फैलने सम्भावना रहन्छ ।सरसफाइको अभाव, स्वास्थ्य चेतनाको कमीका कारण लामखुट्टे बढिरहेका छन् ।

बच्ने उपाय

  • सरुवा रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ । त्यसैले, सामुदायिक तवरले नै यसको नियन्त्रण गर्नुपर्छ । पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्नुपर्छ । ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बनाउनुपर्छ । यसले लामखुट्टेको प्रजननमा बाधा पु-याउँछ र नियन्त्रण गर्न सजिलो हुन्छ ।
  • सुत्दा अनिवार्य झुल प्रयोग गर्नुपर्छ । अहिले बजारमा झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्नुपर्छ ।
  • घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न सकिन्छ ।
  • लामखुट्टेको टोकाइबाट बच्न एक किसिमको लोसन पाइन्छ । सुत्ने वेलामा जिउमा लोसन लगाउने र बिहान नुहाउने गर्नुपर्छ ।
  • लामखुट्टे मार्न टोल–टोलमा विषादी छकर्ने गर्न सकिन्छ । तर, यस्तो विषादी पानीको मुहानमा पर्ने गरी छर्कनुहुँदैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस