भारतका प्रधानन्यायाधीशले पाए सफाइ

काठमाडौं । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले यौन दुव्र्यवहारको आरोपमा सफाइ पाएका छन् ।

न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले प्रधानन्यायाधीशमाथि लागेको आरोपमा कुनै सत्यता नभएको ठहर गरेको हो ।

प्रधानन्यायाधीश रञ्जनमाथि सर्वोच्च अदालतकै एक पूर्वकर्मचारीले गत अप्रिल १९ मा यौन दुव्र्यवहारको गरेको आरोप लगाएकी थिइन् ।

प्रधानन्यायाधीशमाथि नै गम्भीर आरोप लागेपछि सर्वोच्च अदालतको पूर्णइजलासले वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति बनाएको थियो । समितिले प्रधानन्यायाधीश र पीडित भनिएका महिलासँग बयान लिएको थियो ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस