अब रानी पनि निर्देशक !

एजेन्सी । बलिउड अभिनेत्री रानी मुखर्जी अहिले फिल्म मर्दानी २ को सुटिङमा व्यस्त छिन् । सन् २०१४ मा आएको फिल्म मर्दानीको यो सिक्वेल हो । अर्को वर्ष रिलिज हुने भनिएको यो फिल्मको काम सकेपछि रानी मुखर्जी निर्देशनमा पनि लाग्ने कुरा अहिले भारतीय मिडियामा निकै प्राथमिकताका साथ आएको छ ।

मुम्बई मिररको एउटा रिपोर्टअनुसार रानीले सन् २०२० आफ्नो पहिलो फिल्मको निर्देशन सुरु गर्नेछिन् । उनी अहिले त्यसका लागि स्क्रिप्टको खोजीमा छिन् । तर, रानी स्वयंले भने यसबारे केही पनि बताएकी छैनन् । रानी मर्दानी २ मा चाहिँ प्रहरीको भूमिकामा छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस