पेरिसस्थित ऐतिहासिक गिर्जाघरमा आगलागी

पेरिस । फ्रान्सको राजधानी पेरिसमा रहेको ऐतिहासिक महत्वको नोट्रे डाम क्याथेड्रल (गिर्जाघर) मा भिषण आगलागी भएको छ । सोमबार (नेपाली समयअनुसार गएराति) भएको सो आगलागीबाट छानो खसेको छ । तर, भवनको मुख्य संरचना र दुईवटा बेल टावर भने जोगिएको अधिकारीहरुले बताएका छन् ।

सो भवन ८५० वर्ष पुरानो हो । जुन निकै नै कलात्मक मानिन्थ्यो । राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई ‘डरलाग्दो दुःख’ भनेका छन् । आगलागीको कारण नखुलेपनि त्यसको पुनःसंरचनाको क्रममा भएको हुन सक्ने अनुमान गरिएको छ । त्यसमा लगाइएका ढुंगा चर्केका कारण पुनःसंरचनाको काम समेत भइरहेको थियो । यसको बारेमा छानबिन थालिएको पेरिसको अभियोजकको कार्यालयले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान १८ः३० बजे (नेपाली समय राति १०ः१५ बजे) सो आगलागी शुरु भएको थियो । तत्कालै सो आगो छानोमा पुगेको थियो । यसले झ्यालको सिसा फुटाउनुका साथै काठ पनि जलाएको थियो । करिब ५०० मानिस आगो नियन्त्रणमा खटिएका थिए ।

चार घण्टापछि अग्नि नियन्त्रकले भवनका मुख्य संरचना जोगाउन सफलता मिलेको जनाएका थिए । सो आगलागी भएपछि हजारौं मानिस सडकमा उत्रिएका थिए । कतिपय रोइरहेका थिए । अन्य भने भजन गुनगुनाइरहेका थिए । अन्य चर्चहरुमा त्यतिबेला घण्टी बजाउँदै प्रार्थना गरिएको थियो ।

सो गिर्जाघर फ्रेन्चहरुका लागि राष्ट्रिय प्रतीक रहँदै आएको थियो । सो गिर्जाघर फ्रेन्च गोथिक कलाको उच्चतम नमूना मानिने गरिन्थ्यो । फ्रान्सेली क्रान्तिताका पनि यो गिर्जाघरमा केही क्षति भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ट्विट गर्दै सो घटनालाई दुखद बताएका थिए । (बीबीसी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस