‘यात्रा : अ म्युजिकलभ्लग’को ट्रेलरमा प्रेम, बिछोड, एक्सन (भिडियाे)

काठमाडौं । फिल्म ‘यात्रा : अ म्युजिकलभ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । प्रदर्शन मिति नजिकिदै गर्दा चार प्रसारलाई तिब्रता दिन ट्रेलर सार्वजनिक हाे। ट्रेलरमा फिल्मका केही महत्वपुर्ण दृश्य समेटिएको छ । ट्रेलरबाट फिल्ममा प्रेम, बिछोड, एक्सन लगायतका सबै पक्ष रहेको अनुमान लगाउन सकिन्छ ।

सम्राट शाक्यले निर्देशन गरेको फिल्म २९ चैत्रबाट देशभर प्रदर्शनमा आउदैछ । सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंगकुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।

फिल्म मार्फत मल्लिका महत अभिनेत्रीको रुपमा डेब्यु गरेकी छन् । विदेशीकलाकार चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहने छ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्मप्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमानिर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्मम ाबिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह– निर्माता रहेका छन् ।
फिल्मका निर्माता सुशील पोखरेल हुन्, भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस