मेस्सीको राष्ट्रिय टिम पुनरागमन सुखद रहेन, हार्‍यो अर्जेन्टिना

काठमाडाैँ । राष्ट्रिय टिममा त्यति सुखद अनुभव समेट्न नपाएका स्टार स्ट्राइकर लियोनल मेस्सीको यो पटकको राष्ट्रिय टिम पुनरगामगन पनि सुखद रहेन ।

गएको वर्ष रुसमा भएको विश्वकप फुटबलमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएपछि राष्ट्रिय टिमबाट टाढा रहँदै आएका मेस्सी झण्डै वर्ष दिनपछि राष्ट्रिय जर्सीमा देखिएका छन् ।

भेनेजुएलासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट उनले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । शुक्रबार राति भएको खेलमा मेस्सीसहितको अर्जेन्टिना भेनेजुएलासँग ३–१ ले पराजित भएको छ ।

विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित भएर बाहिरिएपछिका ६ अन्तर्राष्ट्रिय खेलमा मेस्सी मैदानमा थिएनन् । अर्जेन्टिनालाई हराउँदै अघि बढेको फ्रान्स विश्व विजेता बन्यो, त्यसको झण्डै एक वर्षपछि मेस्सी राष्ट्रिय टिममा फर्किए तर उनले राष्ट्रिय टिमबाट ६५ औँ गोल गर्न सकेनन् ।

शुक्रबार रातिको खेलमा भेनेजुएलाका लागि सालोमोन सोन्डोनले छैटौँ, जेहोन मोरिलोले ४४ औँ तथा जोसेफ मार्टिनेजले ७५ औँ मिनेटमा गोल गरे । अर्जेन्टिनाका लागि ५९ औँ मिनेटमा लाउतारो मार्टिनेजले एक गोल फर्काए ।

यो खेलमा पूर्ण समय मैदानमा रहेका मेस्सीले ग्रोइनमा पीडा महसुश गरे । उनी आएँदो मंगलबार हुने मोरक्कोसँगको खेलमा मैदान बाहिर हुने छन् ।

शुक्रबार राति नै भएका अरु मैत्रीपूर्ण खेलमा अमेरिकाले इक्वेडर, कोलम्बियाले जापान तथा दक्षिण कोरियाले बोलिभियालाई समान १–० ले हराएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस