नेदरल्याण्डको फराकिलो जित

एजेन्सी ।  नेदरल्याण्डले युरोकप छनोटमा विजयी सुरुवात गरेको छ । छनोट अन्तर्गत बिहिबार राति भएको खेलमा नेदरल्याण्डले बेलारुसलाई ४-० गोल अन्तरले पराजित गर्यो ।

घरेलु मैदानमा नेदरल्याण्डलाई जित दिलाउन मेम्फिस डिपेले दुई गोल गरे । यस्तै जर्जियानो विज्ल्यान्डम र भिर्जिल भान डिज्कले एक एक गोल गरे ।

Depay was the man of the match as he opened the scoring with less than 60 seconds gone

बेलारुसविरुद्ध नेदरल्याण्डले पहिलो मिनेटमै डिपेको गोलबाट अग्रता बनाएको थियो । खेलको २१ औं मिनेटमा विज्ल्यान्डमले गोल गर्दै नेदरल्याण्डको अग्रता २-० को बनाए ।

खेलको ५५ औं मिनेटमा डिपेले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्याण्डको अग्रता ३-० को बनाए । यस्तै खेलको ८६ औं मिनेटमा भान डिज्कले गोल गर्दै नेदरल्याण्डलाई ४-० को जित दिलाए ।

जितसंगै समूह ‘सी’ मा रहेको नेदरल्याण्डले ३ अंक जोडेको छ ।

Tackles were flying in from both sides and Marten de Roon could not escape a caution

यस्तै अर्को खेलमा नर्दन आयरल्याण्डले स्टोनियालाई २-० गोल अन्तरले हराएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस