के हाे माइग्रेन ? यस्ता छन् लक्षण र रोकथामका उपाय

काठमाडाैँ । माइग्रेन टाउको दुखाइको एक रूप हो । यो शरीरको आन्तरिक कारणले हुने गर्दछ । यो दुखाइ निकै असह्यै हुन्छ । कतिपय त यो दुखाइका कारण बेहोस पनि हुन्छन् । माइग्रेनका कारण दुखेको टाउको सम्हाल्न गाह्रो हुन्छ । यसको दुखाइ निरन्तर एकै प्रकारको हुँदैन । दुखाइमा उतारचढाव हुन्छ । रोकिइँदै र बिसाउँदै टाउको दुख्छ ।

कहिलेकाहीँ त र दुई घण्टादेखि कैयौं दिनसम्म दुखिरहन पनि सक्छ ।
यो स्नायुसम्बन्धी समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन माइग्रेनको कारण हुन सक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । रक्त प्रवाह र त्यसको प्रेसर निकै बढी हुन्छ ।

शरीरमा हर्मोनल परिवर्तन यसको कारण मानिन्छ । सबैभन्दा बढी त महिलामा यसको गडबडी देखिन्छ । महिला शरीरमा मेजर हर्मोनल परिवर्तन बढी हुने गर्दछ । यसैले माइग्रेनको समस्या देखा पर्छ । गर्भावस्था, मिन्सुरेसन, रजोनिवृत्ति हुने समय महिलाको शरीरमा यो हर्मोनल परिवर्तन असाधरण हुन्छ । यसले टाउको दुखाउने र रिँगाटा लगाउने गर्दछ । यस कारणले पनि माइग्रेन पुरुषको तुलनामा महिला बढी हुने गर्दछ ।
माइग्रेन आफैंमा तनाव भएकाले यसले मस्तिष्कमा सिधा असर पु¥याउँछ । यसको कारण हो, यसले एकखाले पदार्थ उत्पादन गर्छ जसले टाउको दुखाउने काममा निकै सहयोग पु¥याउँछ । यो मात्र पनि नभएर अरु कारणले पनि माइग्रेन हुन्छ । अनिद्रा र थकाइका कारणले पनि माइग्रेन हुन आउँछ ।

तरल पेय पदार्थमा कफीको अत्यधिक प्रयोगले पनि माइग्रेन हुन्छ । हावापानी, मौसम र वातावरणमा एक्कासि आउने परिवर्तनले पनि माइग्रेन हुन जान्छ । होहल्ला, लफडा र झगडाले पनि माइग्रेन देखिन सक्छ । रंगीचंगी प्रकाश, दिउँसोको धूप र असामान्य गर्मीका कारणले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनले माइग्रेनमा तत्काल प्रभाव पार्दछ ।

यस अतिरिक्त धूमपान, मदिरा, भीडभाड, चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन निम्त्याउँछ । टाउको तातिने, टाउकाका नसा धड्किने, कहिले टाउकाको आधा भाग त कहिले पूरै भाग दुख्ने, आँखा हेर्न नसक्ने र बान्ता आउने हुन्छ । माइग्रेनले निकै छटपटी ल्याउँछ । छटपटीले पटक–पटक पिसाब लागेको अनुभूति गराउँछ ।

सन्तुलित आहारमा ध्यान दिएमा माइग्रेन हुनबाट बचिन्छ । आफूलाई फाइदा नहुने खाने कुरा खानु हुँदैन । हरियो सागपातमा बढी जोड दिनुपर्छ । भिटामिन बीको परिकार प्रयोग गर्नु राम्रो हुन्छ । यसको न्यूनीकरणका लागि तनाव कम गर्नतिर लाग्नुपर्छ । हल्का एक्सरसाइजले तनाव कम हुन्छ । सकारात्मक सोचको विकास गर्नुपर्छ, टाउको दुख्यो भनेर औषधि खाइरहनु हुँदैन । असर गर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस