बुद्ध एयरको नयाँ ‘एटिआर’ काठमाडाैं आइपुग्याे

काठमाडौं । बुद्ध एयरले ‘९एन–एएमवाई कलसाइन’ विमान सोमबार नेपाल ल्याएको छ। एटीआर कम्पनीको साे विमान ७२ सिट क्षमताको छ।

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकाे साे विमान १ अर्ब रुपैयाँमा खरीद गरिएको कम्पनीले जनाएकाे छ।

साेमबार नेपाल ल्याइएकाे साे विमान बुद्ध एयरले एटिआर कम्पनीबाट खरिद गरेको १०औं विमान हाे। यसअघि बुद्ध एयरले फ्रान्स र इटालीको लगानी रहेको एटिआरका ९ ओटा विमानबाट सेवा दिँदै आएकाे छ। बुद्धसँग हाल ३ ओटा ४२ र ६ ओटा ७२ सिट क्षमताका एटिआर विमान रहेका छन्।

आन्तरिकतर्फ नेपालमा सबैभन्दा बढी सेवा दिनेमध्येकाे एक बुद्ध एयरले काठमाडौं–कोलकाता सीधा उडानलाई लक्षित गरी उक्त विमान खरिद गरेकाे जनाएकाे छ। साे उडान सेवा आगामी जेठदेखि सुरु हुने कम्पनीले जनाएकाे छ। यसअघि बुद्धले सातामा २ दिन काठमाडाैं-वाराणसी सिधा उडान गर्दै आएकाे छ।

यसबाहेक कम्पनीसँग अमेरिकाको ‘बीच एयरक्राफ्ट कर्पोरेसन’का २ ओटा ‘विचक्राफ्ट’ विमान पनि छन्। दुबै विमान १८ सिट क्षमताका हुन्।

नयाँ ‘एटिआर ७२-५००’ खरिद गरेसँगै अब बुद्ध एयरसँग भएका विमानकाे संख्या १२ पुगेको छ। विमान थपेसँगै सेवामा थप सहज हुने कम्पनीले विश्वास लिएकाे छ।

कम्पनीले माउन्टेन फ्लाइटसहित भद्रपुर, विराटनगर, तुम्लिङटार, सिमरा, भरतपुर, जनकपुर, पोखरा, नेपालगन्ज र धनगढीमा उडान भर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस