जलविद्युत्का लागि स्वदेशीबाटै वार्षिक तीन खर्ब

काठमाडाैँ । नेपालको जलविद्युत् विकासका लागि स्वदेशबाटै वार्षिक तीन खर्ब रुपैयाँसम्म पुँजी संकलन गर्नसकिने देखिएको छ । दोस्रो लगानी सम्मेलनको पूर्वाद्र्धमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले वार्षिक तीन खर्ब रुपैयाँ बराबर पुँजी संकलन गर्न सकिने विवरण सार्वजनिक गरेका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘जलविद्युत्मा लगानीको अवसर र यसमार्फत आर्थिक समृद्धि’ विषयक अन्तरक्रियामा उनले सरकारले तदारुकता देखाएमा छरिएर रहेको पुँजी सहज रुपमा संकलन गर्न सकिने बताए ।

नेपालको जलविद्युत् विकासका लागि स्वदेशबाटै वार्षिक तीन खर्ब रुपैयाँसम्म पुँजी संकलन गर्नसकिने देखिएको छ । दोस्रो लगानी सम्मेलनको पूर्वाद्र्धमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले वार्षिक तीन खर्ब रुपैयाँ बराबर पुँजी संकलन गर्न सकिने विवरण सार्वजनिक गरेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘जलविद्युत्मा लगानीको अवसर र यसमार्फत आर्थिक समृद्धि’ विषयक अन्तरक्रियामा उनले सरकारले तदारुकता देखाएमा छरिएर रहेको पुँजी सहज रुपमा संकलन गर्न सकिने बताए । वार्षिक तीन खर्ब रुपैयाँ बराबर पुँजी संकलन गर्न सकेमा यसबाट मात्र वार्षिक १ हजार ५ सय मेगावाटका लागि लगानी जुटाउन सकिन्छ । “वार्षिक रूपमा नेपालीले हालेको रकमको मुनाफा अर्थात ब्याज दिने ग्यारेन्टी सरकारले गरेमा एउटा विश्वासको वातावरण भइ छरिएर रहेको पुँजी संकलन गर्न सकिन्छ,” उनले भने, “नेपालको हाल उद्योग क्षेत्रमा ऊर्जा खपत ८ प्रतिशत मात्र छ, यसलाई ५१.७ प्रतिशत पु-याउन सकेमात्र वास्तविक अर्थमा नेपालको आर्थिक समृद्धि हुन्छ, यो हाम्रो लागि धेरै टाढा भएकोले नजिक बनाउनका लागि स्वदेशी पुँजी प्रयोग गरेर जलविद्युत् आयोजना निर्माण गर्नुपर्छ ।” जलविद्युत् विकासका लागि हाल रहेको ६-७ मन्त्रालय र २३ विभाग धाउनुपर्ने तथा ३६ कानुनी धाराहरूमा टेक्नुपर्ने तथा यसको कारण हरेक कार्यालयमा कम्तीमा १० देखि ६ महिनासम्म फाइल रोकिने अवस्थाको अन्त्य हुनुपर्ने उनको तर्क छ । गुरागाईंले प्रस्तुत गरेको खाका अनुसार हाल नेपालमा एक खर्ब रुपैयाँ बराबरको टेलिफोन कल हुने गरेकोमा त्यतिनै बराबरको सेयर राख्ने गरी गरेको व्यवस्थाबाट मात्र एक खर्ब जलविद्युत्को लागि संकलन गर्न सकिन्छ ।

त्यसैगरी वैदेशिक रोजगारीमा गएका ५० लाखमध्ये ५ लाखबाट वार्षिक रूपमा प्रतिव्यक्ति ३० हजार मार्फत १५ अर्ब, वैदेशिक अध्ययनका लागि गएका ४४ हजारबाट वार्षिक प्रतिव्यक्तिमार्फत एक लाखबाट जम्मा हुने ४.४ अर्ब, निजी क्षेत्रको विद्यालयमा अध्ययन गर्ने १५ लाख विद्यार्थीबाट प्रतिविद्यार्थी ३० हजारका दरले ४५ अर्ब, २५ लाख मोटरसाइकटबाट प्रतिमोटरसाइकल ३० हजार तथा ७ लाख करमध्ये प्रति कार ५० हजार गरी १ खर्ब १० अर्ब,  हाल एक हजारवटा जलविद्युत् उत्पादन कम्पनी रहेको प्रतिकम्पनी १० लाख गरी एक अर्ब, विभिन्न पेशा व्यवसायमा ५ लाख १५ हजार रहेकोमा प्रति व्यक्ति ३० हजारका दरले १५.४५ अर्ब तथा नेकपा र नेपाली कांग्रेसका ८ लाख कार्यकर्ता रहेकोमा प्रतिव्यक्ति ३० हजारका दरले २४ अर्ब रुपैयाँ संकलन गर्न सकिने खाकामा उल्लेख छ । काराेबारमा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस