९० करोडको अनियमितता लुकाउन ७८ लाख घुस, कलेज नै भ्रष्ट भएकोलेआयुक्तलाई घुस खुवायो

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।

कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाख समेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता देखिएको हो ।

जी पौडेल एण्ड एसोसिएट नामक चार्टड एकाउन्टेन्सी फर्मले गरेको लेखापरीक्षणबाट विभिन्न व्यक्तिका नाममा २३ करोड १० लाख २३ हजार रुपैयाँ अनियमित रुपमा भुक्ता भएको भेटिएको हो । त्यसक्रममा कलेजले लेखा प्रणालीको दायरा नाघेर खर्च गरेको भेटिएको प्राप्त लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

कलेज सञ्चालक तथा अन्य पदाधिकारीले गरेका ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ खचलार्य पनि लेखापरीक्षणले नै गैरकानूनी ठहर गरेको छ । त्यसबाहेक विद्यार्थीको धरौटी फिर्ता गरेको भनी २ करोड २२ हजार ५१५ रुपैयाँ खर्च देखाएको छ ।

कलेज खातामा स्रोत नखुलेको ३१ करोड ८६ लाख ४९ हजार १ सय ६८ रुपैयाँसमेत जम्मा भएको देखिएको छ । कलेजका सञ्चालकहरूले अनियमित रूपमा भुक्तानी गरी निकाल्ने तयारीमा रहेको उक्त रकम विवादपछि रोकिएको थियो ।

समाचारबारे प्रतिक्रिया लिन खोज्दा कलेजका तत्कालीन अध्यक्ष न्यौपाने सम्पर्कमा आउन चाहेनन् । उनले तीनवटै मोबाइल ‘स्विच अफ’ गरे । उनले आइतबार अध्यक्षकै हैसियतमा पत्र पठाएर आफ्नाबारे प्रकाशित समाचार ‘काल्पनिक तथा तथ्यहीन’ भएको दाबी गरेका छन् ।

‘मेरो र कलेजका बारेमा झूटा, काल्पनिक तथा तथ्यहीन समाचार प्रकाशित भइरहेकाले’ आफूलाई नेपाल इन्जिनियरिङ कलेजको हाल पनि कार्यकारी अध्यक्ष दाबी गर्दै न्यौपानेले पठाएको पत्रमा भनिएको छ, ‘प्रमाण अध्ययन गरी वास्तविकताका आधारमा समाचार प्रकाशित गरिदिनुहोला ।’

उनले कान्तिपुरलाई समेत फर्जी तरिकाले पत्र पठाएको देखिन्छ । पत्रमा उल्लेख गरेको चलानी नम्बर १३६-०७५ कलेजको अभिलेखसँग मेल खाँदैन । कलेज स्रोतका अनुसार उक्त चलानी नम्बरको पत्र कान्तिपुर दैनिकका नाममा जारी भएको छैन । कान्तिपुर दैनिकबाट ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस