गुराँस लाइफले हकप्रद निश्काशनको लागि पायो चौंथो ग्रेड

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले यसै साता जारी गर्न लागेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको रु. २९ करोड ७० लाखको हकप्रद निष्कासनका लागि ईक्रा नेपालबाट चौथो ग्रेडिङ प्राप्त गरेको छ ।

ईक्रा नेपालले हरेक बित्तिय संस्थाले लगानीको निम्ति शेयर जारी गर्नु अगाडी ग्रेडिङ प्रदान गर्ने गरेको छ । बित्तिय संस्थाहरुको विभिन्न आर्थिक गतिविधि, वित्तिय मापदण्डको मूल्याङ्कन गरि १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्ने गरेकोमा उक्त लाइफ इन्स्योरेन्सले चौंथो ग्रेड पाएको हो ।

जसमा ग्रेड १ ले जोखिम बहन गर्न सक्ने कम्पनी अर्थात लगानीको लागि कम जोखिम रहेको कम्पनी जनाउँछ भने ग्रेड ५ ले जोखिम बहन गर्न नसक्ने कम्पनी वा कमजोर आधारहरु भएको लगानीको लागि बढी जोखिम भएको ईक्रा नेपालले जनाएको छ ।

कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न सेबोनबाट २०७४ चैत १९ गते स्वीकृति पाएको थियो । आव २०७३र७४ को वित्तीय विवरण स्वीकृति र साधारणसभामा भएको ढिलाइको असर हकप्रद शेयर निष्कासनमा परेको हो । उक्त लाईफ इन्स्यारेन्सले यसै साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

उक्त हकप्रद निष्काशन पश्चात ८९ करोड १० लाख पुग्ने बताएको छ । २०७३/७४ को मुनाफाबाट शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

अपुग रकम बोनस शेयर र हकप्रद शेयर जारी गरेर पूँजी पु¥याइने कम्पनीले बताएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि कम्पनीले ३६ प्रतिशत बोनस शेयर र १ दशमलव ८९ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बीमा समितिबाट अस्वीकृत भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफको सुविधायुक्त ‘डाइनामिक क्यूआर’ सेवा सञ्चालनमा

काठमाडौँ । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको …

प्रतिकृया दिनुहॊस