कृष्ण र बिन्दुको आवाजमा ‘घरबारमा…’

काठमाडौं । नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घरबारमा…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ । गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ ।

कृष्णको डेब्यू पल शाह र आँचल शर्मा फिचर्ड छन् । ‘गीतलाई युवापुस्ताले मन पराउनु हुन्छ भन्नेमा विश्वत छु’ गायक कृष्ण भन्छन् ‘मेरो सपना आजबाट साकार भएको छ, आश छ मैले देखेको सपनाको पथमा म सहि छु भन्ने ।’

राजिव समरले कोरियोग्राफ गरेको भिडियो रामकुमार केसीले छायांकन गरेका छन् । निर्देशनसँगै सम्पादन पनि टेकेन्द्र शाहले गरेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस