प्रभु बैंककाे साधारणसभा फागुन १९ गते, संस्थापक सेयरधनीहरुको स्वामित्व ५५ प्रतिशत कायम गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले आगामी फागुन १९ गते आफ्नो १७औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त प्रयोजनको लागि बैंकको आगामी फागुन ६ गतेदेखि १९ गतेसम्म १४ दिन बुक क्लोज हुँदै छ ।

उक्त सभाले सेयरधनीलाई ८ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने बैंकको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७५/०७६ को चुक्ता पुँजीको सो मात्रा अर्थात ६५ करोड ८७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हाे ।

साथै, संस्थापक सेयरधनीहरुको स्वामित्व ५५ प्रतिशत कायम गर्ने प्रस्तावलाई कम्पनीको सभाले अनुमोदन गर्ने छ ।
बैंकको सभा फागुन १९ गते कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको बबरमहलमा बस्दै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस