बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाक : ८० प्रतिशत काम पूरा

काठमाडौँ । बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार अहिलेकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गुड्न सक्ने भएको छ । बाराको निजगढ खोकना जोड्ने द्रुतमार्ग निर्माणमा जुटेका सवारी साधन । कट र फिलको काम अन्तिम चरणमा पुगेको नेपालीले सेनाले जनाएको छ ।

‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारी मध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले बताए । ७६ किमिको फास्ट ट्रयाकमा निजगढ कार्यदलले अन्तिमविन्दु तर्फको (पूर्व-पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ ।

सेनाले हाल अधिकतम ६४ मिटर चौडा सडक निर्माण गरिरहेको छ । अन्यत्र पनि यति नै चौडा सडक बनाइँदै छ । फास्ट ट्रयाक कालेपत्रे गरिएपछि तराईमा उक्त सडक २७ मिटर चौडा तथा ४ लेनको हुनेछ । पहाडमा भने २५ मिटर चौडा हुनेछ । निजगढ कार्यदलको जिम्मेवारीअन्तर्गतको सडकमा लालबकैया र बकैया गरी २ खोलाको पुल निर्माण गर्नुपर्नेछ । लालबकैयाको पुलको लम्बाई करिब ४ सय ५० मिटर र बकैयाको पुलको लम्बाई १ सय २० मिटर हुनेछ । फास्ट ट्रयाकमै जम्मा ९९ पुलमध्ये निजगढतर्फ २ वटा मात्र परेको छ । सरकारले पुलको टेन्डर आह्वान गरिसकेको छैन । एकै साथ ९९ वटा पुलको टेण्डर प्याकेजमै आह्वान हुनेछ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म फास्ट ट्रयाकलाई १० भागमा विभाजित गरी सेनाको १० कार्यदलले काम गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस