देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात

काठमाडौं । देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा शुक्रबार रातिदेखि पानी परिरहेको हो । देशका अधिकांश क्षेत्रको मौसम बदली रहेको र पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी भेगमा हिमपात भएको छ भने हिमाली भेगमा भारी हिमपात भएको छ । पश्चिमी वायुको प्रभाव सुदूर पश्चिम तथा मध्य पश्चिम केही कम भएको छ । पूर्वी भू–भागमा पूर्ण बदली रहने तथा बाँकी क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

पूर्वका धेरै तथा मध्य र पश्चिमका केही ठाउँमा शनिबार पानी पर्ने सम्भावना छ । पश्चिमी वायुको प्रभाव आइतबारदेखि कम हुने र मौसम खुल्दै जाने देखिएको मौसमविदले बताए ।

मुस्ताङमा हिमपात
हिमालपारीको जिल्ला मुस्ताङमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । सदरमुकाम जोमसोमलगायतका स्थानमा अहिले पनि हिउँ परिरहेको छ । यो वर्षकै ठूलो हिमपात भएको जिल्ला सरकारी वकिलको कार्यालयका कर्मचारी भरतकुमार मैनालीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार भारी हिमपातका कारण स्थलमार्ग र हवाई उडान अवरुद्ध भएको छ ।

सोलुखुम्बुमा वर्षासँगै हिमपात
सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ । सल्लेरीबाट देख्न सकिने डाँडाकाँडा हिउँले सेताम्य भएको छ । जनजीवन कष्टकर भए पनि पानी र हिमपात भएका कारण किसान भने हिउँदे बाली सप्रने भन्दै खुशी भएका छन् ।

गुल्मीमा पनि हिमपात
गुल्मी जिल्लामा पनि हिमपात भएको छ । जिल्लाका उच्च पहाडी भेगमा गएराति देखि हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको स्थानीयले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस