डिशहोममा सुपरहिट चलचित्र ‘नाई नभन्नु ल ६’ प्रदर्शनमा

काठमाडाैं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र ‘एक्सक्लुसिभ’ प्रदर्शन भइरहेको छ। विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सकिनेछ।

अहिले आँचल शर्मा, आशिर्वाद बि क्षेत्री, सरोज खनाल, प्रियङ्का कार्की आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र ‘नाई नभन्नु ल ६’ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा पुस १३ गतेदेखि प्रदर्शन हुन गई रहेको छ।

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाइ मार्फत सेवा लिएर र आफ्नै मोबाईल वाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस सँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ।

३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिनेछ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ।

थप जानकारीका लागि कम्पनीको ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ।

डिशहोमको यो प्रयासले सपरिवारसँगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ। यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकैपटक पेट्रोलको मूल्य सात रुपैयाँले घट्यो, अब कति ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट …

प्रतिकृया दिनुहॊस

This will auto close after